८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सेयर बजारमा देखिएन उत्साह, दुई कम्पनीको सेयर मूल्यमा  सर्किट


१४ जेठ, काठमाडौं । साताको पहिलो काराेबारकाे दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । गत साता सुधार देखिएको सेयरबजार याे साताकाे सुरूवातमानै गिरावट आएको हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.३८ अकंले घटेर १९४१.७४ बिन्दुमा बन्द भएको छ । यस दिन २७० कम्पनीको ७० लाख ५० हजार ३९ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ६३ करोड ९६ लाख ५९ हजार ४९९ रुपैयाँको कारोबार भएको छ ।

आज दुई कम्पनीको सेयर मूल्यमा  सर्किट लागेको छ । यस दिन युनियन लाइफ र आत्मनिर्भर लघुवित्तको सेयरमा सर्किट लागेको हाे । आज हिमालयन उर्जा विकास कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट्सको भएकाे छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आईतवार १५:१७