१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

यी हुन् आज सर्वाधिक कारोबार हुने कम्पनी


१४ जेठ, काठमाडौं । साताको पहिलो काराेबारकाे दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । गत साता सुधार देखिएको सेयरबजार याे साताकाे सुरूवातमानै गिरावट आएको हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.३८ अकंले घटेर १९४१.७४ बिन्दुमा बन्द भएको छ । यस दिन २७० कम्पनीको ७० लाख ५० हजार ३९ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ६३ करोड ९६ लाख ५९ हजार ४९९ रुपैयाँको कारोबार भएको छ ।

आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन २१ करोड ७९ लाखमाथिको कारोबार भएको छ । त्यस्तै, नेपाल टेलिकमको ९ करोड १३ लाख, सोल्टी होटलको ८ करोड ८६ लाख, चिलिमे हाइड्रोपावरको ८ करोड ३८ लाख र निफ्राको ७ करोड ८८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आईतवार १५:१०