४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

आजबाट एकिकृत कारोबार सुरु गर्दै युनाइटेड र अजोड इन्स्योरेन्स


१४ जेठ, काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनीले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुई कम्पनीबीच मर्जर प्रक्रिया सम्पन्न गरेर युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन्।

युनाइटेड र अजोड इन्स्योरेन्स सेयर स्वाप रेसियो १००ः८२.५ मर्ज भएका हुन्।हाल युनाइटेडको चुक्ता पुँजी १ अर्ब २ करोड छ भने अजोडको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । मर्जरपछि बोनस सेयर वितरण गर्ने र त्यसले पनि नपुगेको पुँजीका लागि हकप्रद सेयर जारी गर्ने कम्पनीको तयारी छ ।

यी दुई कम्पनीबीच पुस २६ गते मर्जरमा जाने सैद्धान्तिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । नेपाल बिमा प्राधिकरणले यी दुई कम्पनीलाई पुस २९ गते मर्जरका लागि सैद्धान्तिक सहमति दिएको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आईतवार ११:२१