४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

आइतबार पनि घट्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?


१४ जेठ, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार पनि नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ८०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार पनि सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ। गत शुक्रबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३४५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आईतवार १०:५०