७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

१४ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेकोले कोशी र बागमती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले कोशी र मधेश प्रदेशको मौसम सामान्य देखि पूर्ण बदली भैरहेको छ । महाशाखाको अनुसार, आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मौसम आंशिक देखि सामान्य बदली रही तीनै प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ–गर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राती,कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनाले ति प्रदेशका कतिपय पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आईतवार ०९:३८