
१३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेको प्रश्नको आज जवाफ दिने भएका छन् ।
शनिवार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले जवाफ दिने र आजै नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । शनिवार बस्ने प्रतिनिधिसभा बैठक दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।
प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममा निरन्तर छलफल भइरहेको छ । शुक्रबारनै प्रधानमन्त्रीले संसदमा जवाफ दिने तथा नीति कार्यक्रम पारित गर्ने तयारी गरिए पनि नेकपा एमालेले बैठकमा अवरोध गरेपछि संसद बैठक आजको लागि सारिएको हो ।
प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार ०९:२४