६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

आजको मौसमः हावा–हुरी र वर्षाकाे सम्भावना


१३ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेकाले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा मौसम सामान्य बदली रहने छ ।

कोशी, मधेश, र बागमती प्रदेशमा मौसम सामान्य देखि पूर्ण बदली रही अहिले कोशी र बागमती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको अनुसार, दिउँसो देशको पहाडी भू–भागहरूका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज तराईका केही स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ । त्यस्तै, राती देशको पहाडी भू–भागहरूमा आंशिक बदली रही कोशी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार ०९:१७