६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

दैनिक_राशिफल
जेठ १३ शनिबार

मेष :- भ्रमणको क्रममा अनेकानेक बाधा कठिनाइको सामान गर्नुपर्ने तथा मनमा अशान्तिको कालो बादल मडारिने ।

वृष :- स्वजनसँगै वैचारिक मनमुटावको स्थिति आउने साथै स्वास्थ्यमा समेत समस्या देखापर्ने ।

मिथुन :- आरोग्यतामा वृद्धि आउने साथै आर्थिक कारोबारमा समेत फाइदा हुने शुभ योग ।

कर्कट :- असन्तोषरुपि अनलज्वालामा मन जल्ने साथै आर्थिक संकटको सामाना गर्नुपर्ने ।

सिंह :- सामाजिक मानसम्मानमा वृद्धि आउने तथा नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल दिने ।

कन्या :- विश्वासपात्रबाटै घातप्रतिघात हुने उच्च सम्भावना साथै खर्चका बाटाहरु बढेर जाने ।

तुला :- आफन्त प्रियजनसँग भेटघाटको मौका जुर्ने साथै कुनै शुभ समाचार सुन्न पाइने ।

वृश्चिक :- स्वास्थ्यले साथ दिएतापनि सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ उत्पन्न हुने ।

धनु :- आशा गरेकै ठाउँबाट निराश बन्नुपर्ने तथा व्यापार व्यवसायमा प्रतिकूलताको सामना गर्नुपर्ने ।

मकर :- अनायास स्वास्थ्य स्थितिमा समस्या देखिन सक्ने साथै वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।

कुम्भ :- थालेका कार्यले सफलताको उचित गति लिएसँगै मनमा शान्ति तथा मुहारमा कान्ति छाउने ।

मीन :- प्रतिस्पर्धामा उत्कृष्टताको प्रदर्शनका साथै यत्रतत्र ख्याति फैलने ।

शुभ दिन !
© ज्यो. सूर्य पौडेल
________________________________
#अब_ज्योतिषीय_परामर्श_फोनबाटै
(इच्छुकका लागि)
मोबाइल :- 9847654412/9806140816
imo/viber/whatsApp :-9806140816
धन्यवाद !

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार ०६:५९