६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

पाँच कम्पनीको बोनस सेयर सेयरधनीको खातामा जम्मा, कुनको कति ?


१२ जेठ, काठमाडौं । यो साता विभिन्न पाँच कम्पनीले बाेनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएकाे छ । दुई विकास बैंकसहित पाँच वटा कम्पनीहरुले  गर्न प्रस्तावित बोनस सेयर आफ्ना सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरेकाे हाे ।

१) कृषि विकास बैंक

कृषि विकास बैंकको चैत १४ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित भएको २ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराई सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेकाे हो ।

२) सांग्रिला डेभलपमेन्ट बैंक

सांग्रिला डेभलपमेन्ट बैंकको गत चैत १७ गते सम्पन्न १८ औँ वार्षिक साधारण सभाबाट पारित भएको ८.५३४ प्रतिशत बोनश सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।

३) मितेरी डेभलपमेन्ट बैंक

मितेरी डेभलपमेन्ट बैंकको पुस २७ गते सम्पन्न १७ औं वार्षिक साधारण सभाले पारित गरेको १२.३५ प्रतिशत बोनस सेयर वितरण गरेको हो ।

४) सबैको लघुवित्त वित्तिय संस्था

सबैको लघुवित्त वित्तिय संस्थाको २०७९ फागुन २६ गते सम्पन्न छैंटौ वार्षिक साधारण सभाले पारित गरेको १८ प्रतिशत बोनस सेयर वितरण गरेको हो ।

५) इन्फिनिटी लघुवित्त वित्तीय संस्था

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको फागुन १३ गते सम्पन्न छैठौं साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भई जेठ ८ गतेदेखि डिम्याट खातामा जम्मा गरेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार १६:०७