११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

५० हजार घुस रकमसहित पक्राउ परेका वडाअध्यक्ष र सचिवविरुद्ध मुद्दा दायर


१२ जेठ, काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेकाे अवस्थामा जनकपुरधाम उपमहानगरपालिका–११ का वडाअध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले जग्गा दर्ता सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग्दै गरेका आधारमा आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई रु ५० हजार घुस रकमसहित केही समयअघि पक्राउ गरेको थियो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार आरोपीद्वयलाई बिगोबमोजिम कैद सजाय र बिगो असुलको माग गर्दै आज मुद्दा दायर गरिएको हो ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार १४:०९