१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

शुक्रबार पनि घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?


१२ जेठ, काठमाडाैं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ८०० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन बिहीबार पनि सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३४५ रुपैयाँ कायम भएको थियो। बिहीबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार १०:५०