४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥

मेष :- आफ्नो अधिकार प्राप्तिका लागि निकै परिश्रम गर्नुपर्ने साथै वादविवादजन्य विषयमा प्रवेश नै नगरेको श्रेयस्कर हुने ।

वृष :- धर्म कर्ममा मन जाने साथै कार्यसिद्धिको शुभ फलदायी योग ।

मिथुन :- शुभ कार्यको यत्रतत्र चर्चा चल्ने साथै बोलीको उच्च सकारात्मक प्रभाव जमाउने सकिने ।

कर्कट :- सभा, गोष्ठी, सम्मेलनमा सरिक हुन पाइने साथै नवीन विषयमा ज्ञानार्जनको अवसर मिल्ने ।

सिंह :- अात्मविश्वासमा कमी आउने साथै हीनताबोधले कार्य सम्पादनमा नकारात्मक प्रभाव पर्ने ।

कन्या :- इज्जत प्रतिष्ठाको सीमा बढेर जाने साथै ठीक समयमा उचित निर्णय लिन सकिने ।

तुला :- वैदेशिक क्षेत्रको योजनाले सार्थक गति लिने साथै विपरीत लिङ्गी सहपाठीबाट राम्रो साथ सहयोग पाइने ।

वृश्चिक :- नयाँ कार्ययोजना तय हुने साथै लामो समयदेखि रोकिएका कार्य सुचारु हुने ।

धनु :- शारीरिक तथा मानसिक आलस्यता बढ्ने साथै अन्तिममा गएर काम बिग्रिने ।

मकर :- आशा गरेको व्यक्ति स्थानबाट राम्रो साथ पाइने साथै कला साहित्यमा रुचि बढ्ने ।

कुम्भ :- विशिष्ट व्यक्तिलाई अतिथिका रुपमा स्वागत गर्न पाइने साथै घरमा नवीन चहलपहल छाउने ।

मीन :- दैनिक मूल्य परिवर्तन हुने क्षेत्रमा गरेको आर्थिक लगानीले फाइदा नदिए पनि आफन्तको साथ सहयोग प्राप्त हुने ।

शुभ दिन !
© ज्यो. सूर्य पौडेल

#अब_ज्योतिषीय_परामर्श_फोनबाटै
(इच्छुकका लागि)
मोबाइल :- 9847654412/9806140816
imo/viber/whatsApp :-9806140816
धन्यवाद !

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार ०८:५८