११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

शुक्रबार १ घण्टाको लागि इसेवाका सेवा अवरुद्ध हुने


११ जेठ, काठमाडौं । इसेवाको आकस्मिक मर्मतसम्भारका कारण शुक्रबार दिउँसो १ घण्टा ४५ मिनेटका लागि इसेवाका सेवा अवरुद्ध हुने भएको छ । बिहीबार इसेवाले एक सूचना जारी गर्दै शुक्रबार १ घण्टा ४५ मिनेटका लागि सेवा अवरूद्ध हुने जानकारी दिइएको छ । दिउँसो १२ः१५ बजेदेखि २ बजेसम्म इसेवाका सम्पूर्ण सेवा बन्द हुने भएको हो । यसबाट ग्राहकमा पर्न जाने असुविधा प्रति इसेवाले क्षमा समेत मागेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहीबार १८:५१