१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेपालमा बनेको रकेट अमेरिकामा प्रदर्शनी हुनु गौरवको विषयः योगेश भट्टराई


११ जेठ, काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले सीबीएम कलेजले नेपालको गौरव बढाउने काम गरेको बताए । बुधबार डिल्लीबजारस्थित सीबीएम कलेजमा नेपालमा नै बनेको रकेट प्रदर्शनीको अवलोकन गर्दै नेता भट्टराईलेयो विषयलाई संसद मार्फत सरकारमा पुर्याउने बताएका हुन् ।

उनले भने ‘हामी विज्ञान र प्रविधिको हिसावले पछाडि परेको मुलुक त्यसको बावजुत पनि विज्ञान र प्रविधिमा धेरै पहिले नै विकास गरिसकेका कतिपय मुलुकलाई उछिन्दै १९८ वटा सहभागी देशहरुमध्ये २४ वटा राष्ट्रहरु यसका छनौट भयो । त्यसमध्ये नेपाल पनि एक हो । यो निकै नै गर्वको कुरा हो । ’

कलेज र विद्यार्थीले मिलेर ३० लाख भन्दा बढीखर्चमा रकेटको निर्माण गरेका हुन् । नेपाल सरकारले रकेटको प्रदर्शनी अवलोकनको क्रममा अमेरिकामा आउने जाने खर्चको व्यवस्था गरिदिए हुन्थ्यो भन्ने आशा कलेज र विद्यार्थीको छ । यस विषयमा संसदमा कुरा उठाइदिने प्रतिबद्धता भने सांसद भट्टराईले व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहीबार १५:४२