४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

बयानकै भरमा पक्राउ गर्न मिल्दैन, अनुसन्धान जारी छः गृहमन्त्री श्रेष्ठ


११ जेठ, काठमाडाैं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा आएका थप नामहरूबारे पनि अनुसन्धान भइरहेको बताएका छन् । एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नक्कली भु​टानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बिहीवार बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।

बयानकै आधारमा कसैलाई पक्राउ गर्न नमिल्ने भन्दै उनले थप अनुसन्धान भइरहेको बताए । राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्ररूपमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिइएको उनको भनाइ छ । श्रेष्ठले राजनीतिक दलहरूले नागरिकलाई जीवन फेरिएको अनुभूति दिन नसकेको बताए । उनले देशमा भ्रष्टाचार र कमिसनको जालो व्याप्त रहेको र त्यसलाई नतोड्दासम्म समृद्धिको यात्रा सफल हुन नसक्ने बताए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहीबार १४:१६