१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?


११ जेठ, काठमाडाैं । साताकाे पाँचाैं काराेबारकाे दिन बिहीबार सुनकाे मूल्यमा भारी अंककाे गिरावट  आएकाे छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन बुधबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ। बुधबार पनि चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहीबार १०:४७