७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

युनिक नेपाल लघुवित्तको एफपीओ बिक्री खुला, कति दिने आवेदन ?


११ जेठ, काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले आज जेठ ११ गतेदेखि एफपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँको एफपीओ जारी गर्ने भएको हो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ बिक्री खुला गर्नेछ।

साविकको युनिक नेपाल लघुवित्त वित्तीय संस्थगा र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्ज भई बनेको यस लघुवित्तमा संस्थापक सेयर ९४.०१ प्रतिशत र सर्वसाधारण सेयर ५.९९ प्रतिशत भएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिनेका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम सो सेयर निष्काशन गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ सय कित्तासम्मका लागि छिटोमा जेठ १६ गते र ढिलोमा जेठ २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

लघुवित्तको एफपीओमा निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा मेरो सेयर मार्फत् आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहीबार १०:२९