१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

आज भोटो जात्रा, उपत्यकामा सार्वजनिक विदा


११ जेठ, काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो बिहीबार जावालाखेलमा देखाइने भएको छ । भोटो जात्रा काठमाडौं बासिले सदियौ बाट मनाउँदै आएका छन् । यसलाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको हो ।

ईस्वी संवत ६४० देखि ८८३ सम्मललितपुरमाशाषन गरेका राजा नरेन्द्र देवको पालादेखि यस जात्रामनाईने गरेको इतिहास रहेको पाइन्छ । ललितपुरको पुल्चोकमा ६० फुट आग्लो रथको निर्माण कार्य सुरु गरेसँगै रातो मछेन्द्र नाथको जात्रा सुरु हुन्छ ।

रथ बनाईसकेपछि बुंगःद्यःको मन्दिरबाट मूर्ति ल्याई रथमा राखिन्छ । सो कार्यपछि साइतअनुसार भक्तजनले पुल्चोकबाट रथ तान्न सुरु गरेर गाबाहल,मंगलबजार,सुन्धारा चक्रबाहललगनखेल हुँदै पुनःजावलाखेलमा लगेर राख्छन् र शुभ साइत हेरेर भोटो जात्राको मिति तय गरिन्छ ।

आज यो जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिकविदादिएको छ । पछिल्लो समय राष्ट्राध्यक्षको उपस्थितिमाभोटो देखाउने जात्रागरिँदै आएको छ । यो जात्रा हेर्न आजराष्ट्रपति रामचन्द्र पौडेल जानेछन् । परम्परमगत रुपमा नेपाली ऐतिहासिकभोटो देखाइएपछि मात्र यो जात्रा सकिन्छ । भूत, प्रेतलाई खानादिन यो जात्रा गरिएको जनविश्वास रहि आएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहीबार ०९:२३