७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

राजश्व चुहावटविरुद्ध सरकार गम्भीर नबने देश टाट पल्टिन्छः प्रेम आले


१० जेठ, काठमाडौं । सांसद प्रेम आलेले राजश्व चुहावटविरुद्ध सरकार निर्मम भएर प्रस्तुत हुनु पर्ने बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधिसभामा भएको छलफलमा आफ्नो धारणा राख्दै सांसद आलेले राजश्व चुहावट नरोकिए देश टाट पल्टिने अवस्था आउने चेतावनी दिए ।

उनले भने ‘ राजस्व नियन्त्रण चुहावटविरुद्ध सरकार निर्मम भएर प्रस्तृत हुनुपर्ने देखिन्छ । नत्र व्यापारी पोसाउने,मोटाउने र राज्य गम्भीर आर्थिक संकटमा पसेर देश टाट पल्टिने अवस्था आउँछ । म मन्त्री हुँदा सरकारको क्यासिनोबाट १ अरव ५ करोड रुपैंया राजस्व कडाईका साथ संकलन भएको थियो । पछि पटक पटक ताकेता गर्दा पनि वास्ता भएन किन भने निर्वाचनकको बेला चन्दा दिने र नेताबाट आर्शीवाद पाएका कारणले गर्दा उनीहरुले राज्यको जति राजस्व दोहन गरे पनि हुने भन्ने खालको चलन थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार १५:५०