१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

बुधबार बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?


१० जेठ, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन मंगलबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको महासंले जनाएकाे छ। मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार ११:०६