१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

छुट्ला है ! एक इन्स्योरेन्स कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


१० जेठ, काठमाडाैं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ १० गते बुधबार अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ भोलि जेठ ११ गते बिहीबार बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज जेठ १० गतेसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनश सेयर र ६. ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। साेही लाभांश प्रस्ताव पारित गर्न जेठ २२ गते कम्पनीले वार्षिक साधारणसभा बाेलाएकाे छ । सभा काठमाडाैंकाे लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार ०९:४१