१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

ईभो स्टोरले गर्यो ‘एप्पल वाच अल्ट्रा’ सार्वजनिक


९ जेठ, काठमाडाैं । नेपालका लागि एप्पलको आधिकारिक बिक्रेता ईभो स्टोरले एप्पलको ‘एप्पल वाच अल्ट्रा’ सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा ईभो स्टोरले एक समारोहबीच १.९२ इन्चको रेटिना एलटीपीओ डिस्प्ले रहेको एप्पल वाच अल्ट्रा सार्वजनिक गरेको हो ।

अलवेज–अन डिस्प्ले फिचर भएको एप्पल वाच अल्ट्रा वाचओएस ९.० द्वारा सञ्चालित छ । एप्पल एस ८ चिपसेट भएको यस डिभाइसमा पावरभीआर जीपीयू प्रयोग गरिएको छ । ६१.३ ग्राम तौल भएको यो वाचले आईपी सिक्स एक्स रेटिङ पाएको छ । जसमा १०० मि वाटर रेसिस्टेन्स रहेको छ ।

ईभो स्टोरका अनुसार नेपालमा उपलब्ध हुने एप्पल वाच अल्ट्रामा भने ईसिम सपोर्ट नहुने रहेको छ । । त्यस्तै यस्ले फोनको सेलुलर नेटवर्क प्रयोग गरेर वा नजिकको वाइ–फाइमा कनेक्ट भएर ईमर्जेन्सी एसओएस सेवा दिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १६:५६