१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

थप एक लघुवित्तको १८ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईंकाे आयो त ?


९ जेठ, काठमाडाैं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न प्रस्तावित बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।

लघुवित्तले गत फागुन २६ गते सम्पन्न छैटौँ वार्षिक साधारणसभाबाट पारित १८ प्रतिशत बोनस सेयर फागुन १२ गतेसम्म कायम सेयरधनीकाे सम्बन्धीत खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १२:३८