१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

मंगलबार घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?


९ जेठ, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन साेमबार सुनको मूल्य स्थिर रहदैँ छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँ कायम भएको महासंले जनाएकाे छ । साेमबार पनि चाँदीको मूल्य ताेलामा १० रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १०:५३