१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

माग पुरा नभएसम्म आन्दोलन जारी रहन्छः उखु किसान


८ जेठ, काठमाडौं । सरकारले तोकेको भन्दा कम मूल्यमा चिनि मिलहरुले उखु खरिद गरेको विरोधमा उखु किसान आन्दोलनमा जारी छ । उनीहरुले सरकारसँग तत्काल उखुको मूल्य निर्धारण गरिनु पर्ने माग गरेका छन् ।

कपिलवस्तु किसान संघ तथा उखु किसान संघर्ष समितिले नेतृत्वमा उखु किसान सात दिनदेखि माईतीघर मण्डलामा अनसनरत छन् । प्रदर्शनमा सहभागी उखु किसान रामचन्द्र विश्वकर्माले माग पुरा नभएसम्म आन्दोलन जारी रहेन बताए ।

उनले भने,‘किसानको अनुदान रकम उपलब्ध नभएसम्म अनसन जारी रहनेछ । हामी आएको ७ दिन भयो । सरकारले उखु किसानलाई प्रति क्वीन्टल २५ रुपियाँ अनुदान दिने भनेको थियो । तर, हामीले पाउन सकेका छैनौं ।’

त्यस्तै, अर्का उखु किसान उदयराज चौधरीले दशक बितिसक्दा समेन उखु किसानले अनुदान बापतको रकम नपाएको बताए । सोही कारण आन्दोलनमा उत्रिनु परेको उनको भनाई छ ।

उनले भने,‘हामी कपिलवस्तुदेखि आएका उखुको किसान हौं ।०७१देखि हामी आन्दोलनमा छौं । त्यसबेला सरकारले उखु किसानलाई प्रति क्वीन्टल २५ रुपियाँ अनुदान दिने भनेको थियो । तर, आजसम्म पाउन सकेका छैनौं ।’

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार १५:५७