७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

११० रुपैयाँमा कुमारी बैंकको सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?


८ जेठ, काठमाडौं । कुमारी बैंकले केही संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख १६ हजार १४० कित्ता सेयर बिक्रीमा ल्याएको हाे । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ । यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

उक्त लिलामी सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाडाैंकाे नक्सालस्थित बीओके क्यापिटल मार्केटमा आफूले लिन चाहेको सेयर संख्या र प्रतिकित्ता दररेट खुलाई बोलपत्र पेस गर्न सक्नेछन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार १२:३६