१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

आइतबार बढ्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?


७ जेठ, काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८५ रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ। गत शुक्रबा चाँदीको मूल्य स्थिर रहँदै १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आईतवार १०:४८