१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

थोक बजारमा तरकारीको मूल्य घट्याे, आज कुनकाे मूल्य कति छ ?


७ जेठ, काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि सार्वजनिक गरेको तरकारी तथा फलफूलको मूल्य अनुसार थोक बजारमा तरकारीको मूल्य केही सस्तो भएको छ ।

आज नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, रातो आलु(मुडे) ३५ रुपैयाँ, सेतो आलु २९ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, कागती १८० रुपैयाँ, सुकेको प्याज ३५,रुपैयाँ,बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ६०, तने बोडी ३०, राजमा घिउ सिमी ९०, लोकल सिमी ६०, भटमास कोशा १००,मटरकोशा १२०, तिते करेला ३०,लौका ४०,परवल ८०,पाकेको फर्सी ४५, घिरौंला ४५,भिण्डी ५०, सलगम ७०, कन्यच्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३००, कुरीलो ३५०,ब्रोकाउली ७०,तोफु ९०,लोकल काँक्रो ११० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।

चमसूरको साग ११०,पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ४०, हरियो लसुन ११०, रायो साग ५०, धनियाँ ६० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।

त्यस्तै, कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी ३०० रुपैयाँ, हरियो अंगुर २०० रुपैयाँ, तरबुजा ४०,भारतीय दसहरी आँप २२०,मौसम १५०,अनार २५०, केरा दर्जनको १४०, फूजी स्याउ २५०,आभोकाडो ४०० र मेवा नेपाली ६० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आईतवार १०:०५