११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

नेप्सेमा सात कम्पनीकाे बाेनस सेयर सूचीकृत, कुनकाे कति ?


५ जेठ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा याे साता विभिन्न सात कम्पनीकाे बाेनस सेयर सूचीकृत भएको छ । याे साता नेप्सेमा मितेरी डेभलपमेन्ट बैंक, फरवार्ड लघुवित्त, नेपाल बैंक, मिर्मिरे लघुवित्त, स्वावलम्बन लघुवित्त, साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि विकास बैंककाे बाेनस सेयर सूचिकृत भएकाे हाे ।

१) मितेरी डेभलपमेन्ट बैंक

नेप्सेमा मितेरी डेभलपमेन्ट बैंकको १२.३५ प्रतिशत बोनस बापतको ११ लाख १५ हजार ७३३.६६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

२) फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड

नेप्सेमा कम्पनीकाे २५ प्रतिशत बाेनस बापतकाे २१ लाख ११ हजार एक सय २७ दशमलव ४६९ कित्ता  सेयर सूचिकृत भएकाे हाे ।

३) नेपाल बैंक लिमिटेड

नेप्सेमा बैंककाे २ प्रतिशत बाेनस बापतकाे २८ लाख ८१ हजार एक सय ८० दशमलव ९६६३ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

४) मिर्मिरे लघुवित्त

नेप्सेमा मिर्मिरे लघुवित्तको २३ प्रतिशत बोनस बापतको १२ लाख २१ हजार ७७२.३९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

५) स्वावलम्बन लघुवित्त

नेप्सेमा सोमबार स्वावलम्बन लघुवित्तको २० प्रतिशत बोनस बापतको २ लाख ४३ हजार ५६४.३० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

६) साल्ट ट्रेडिङ कर्पोरेशन

नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेशनका १० प्रतिशत बोनस बापतको २ लाख ५३ हजार ५३१.१९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

७) कृषि विकास बैंक

नेप्सेमा कृषि विकास बैंकको २ प्रतिशत बोनस बापतको २६ लाख ३७ हजार ५८३.१५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार १५:५९