७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

शुक्रबार पनि सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ काराेबार ?


५  जेठ, काठमाडाैं । साताको अन्तिम काराेबारकाे दिन शुक्रबार पनि सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबार दिन बिहीबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।

आज पनि चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ३७० रुपैयाँ नै कायम भएको छ। बिहीबार पनि चाँदीको मूल्य स्थिर रहँदै चाँदी १ हजार ३७० रुपैयाँमै कारोबार भएको थियो।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार ११:०२