१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बिहीबार पनि घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?


४ जेठ, काठमाडाैं । साताकाे पाँचाैं काराेबारकाे दिन बिहीबार पनि सुनकाे मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन बुधबार पनि सुनको मूल्य तोलामा ११०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ३७० रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ। बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार १०:५२