८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कुथेली बुखरी स्मलले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति


३ जेठ, काठमाडाैं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएकाे छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले  कम्पनीलाई स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न अनुमति दिएको हो।

धितोपत्र बोर्डकाे अनुमतिसँगै कम्पनीले २ करोड ४३ लाख ६७ हजार ५०० रुपैयाँबराबरको १०० अंकित दरका कुल २ लाख ४३ हजार ६७५ कित्ता आईपीओ बिक्री खुल्ला गर्नेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार १३:४०