१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

रावा इनर्जीको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा


३ जेठ, काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएकाे छ । कम्पनीले गत चैत २३ गतेदेखि वैशाख २४ गतेसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेएको साधारण सेयर ( आईपीओ) बाँडफाँड भएकाे हाे।

कम्पनीले जाँरी पुँजीको १० प्रतिशत अर्थात् २ लाख ८० हजार कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका खोटाङ्ग जिल्ला केपीलासगढी गाउँपालिकाका सम्पूर्ण वडाका स्थानीय बसोबास गर्ने व्यक्तिहरुको लागि निष्कासन गरेको आईपीओ जेठ १ गते बाँडफाँड गरिएको हो । उक्त आईपीओ निष्काशन अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई  बाँडफाँड गरेको कम्पनीले जनाएकाे छ ।

आईपीओकाे नतिजा सम्बन्धी जानकारी बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको वेबसाइट https://www.prabhucapital.com/share-allotment  मार्फत हेर्न सकिनेछ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार १३:०४