७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

सुनकाे मूल्यमा भारी अंककाे गिरावट, कतिमा हुँदैछ काराेबार ?


३ जेठ, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सुनकाे मूल्यमा भारी अंककाे गिरावट आएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम भएकाे महासंघले जनाएकाे छ। मंगलबार चाँदीको मूल्य स्थिर रहँदै ताेलाकाे १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार ११:०५