१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनमा कति ?


२ जेठ, काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।  भारतीय आयल कर्पोरेसन (आईओसी)ले डिजेटल र पेट्रोलको मूल्य हरेक १५ दिनमा र अन्य पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची १/१ महिनामा नेपाल आयल निगमलाई इन्धनको मूल्यसूची पठाउँछ ।

आईओसीले मंगलबार पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजल ८ रुपैयाँ १३ पैसाका दरले घटेर आएको निगमले जनाएको छ । हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार १४:५७