१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

जानकी फाइनान्सको १ लाख ३३ हजार कित्ता सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?


२ जेठ, काठमाडाैं । जानकी फाइनान्स कम्पनी लिमिटेडले केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । कम्पनीले दुईजना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएकाे हाे ।

बिक्रीमा राखिएको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरु आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आफूले लिन चाहेको सेयर संख्या र मूल्य खुलाई संस्थाको कम्पनी सचिव कार्यालयमा आवेदन दिनसक्नेछन् ।

तोकिएको समयअवधिभित्र संस्थापक सेयरधनीहरुबाट साे सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार १०:३७