१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

आजको मौसमः पहाडी भूभागमा वर्ष हुने, तराईमा हावाहुरीको सम्भावना


२ जेठ, काठमाडाैं । आज(मंगलवार) पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरू मेघ गर्जनसहित हल्का वर्ष हुनेछ । त्यस्तै, बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि हावाहुरीसहित मेघगर्जन र हल्का वर्षा हुनेछ । पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

मंगलवार राती काेशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भ–भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार उक्त स्थानमा हावाहुरी पनि चल्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार ०८:०४