१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एक बैंकले जम्मा गर्याे सेयरधनीको डिम्याट खातामा ३ प्रतिशत बोनस सेयर, तपाईंको आयो त ?


१ जेठ, काठमाडाैं । ज्योति विकास बैंकले बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राहि खातामा जम्मा गरेकाे छ । बैंकको गत फागुन १४ गते सम्पन्न १५ औं वार्षिक साधारणसभाबाट पारित चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर असोज १३ गतेसम्म सेयर अभौतिकिकरण गरेका सेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको हाे ।

साथै, सो मिति पश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा क्रमशः बोनस सेयर जम्मा गरिने कम्पनीले जनाएकाे छ ।हालसम्म भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुको हकमा सेयर अभौतिकरण भएपश्चात सम्बन्धित हितग्राहि खातामा उक्त बाेनस सेयर जम्मा गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार १२:२५