१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

प्याब्सक अध्यक्षमा राजन श्रेष्ठ निर्वाचित


३१ वैशाख, काठमाडौँ । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक)मा राजन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको संस्थाको पाचौं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा मिरा सिलवाल र पुष्पराज सिंखडा, महासचिवमा सुदिप काफ्ले चयन भए ।

यस्तै, उपमहासचिवमा राजु पुडासैनी, सचिवमा लक्ष्मी गुरूङ , कोषाध्यक्षमा राजेश्वर तिवारी र सहकोषाध्यक्ष होम लक्ष्मी गुरूङ चयन भए । २०६१ सालमा स्थापित यो संस्थाले विद्यार्थीको पढाइ, शिक्षक, सञ्चालक र प्रधानाध्यापकको क्षमता विकास तथा अधिकारका क्षेत्रमा काम गर्ने गर्दछ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आईतवार १७:१२