१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कर्णाली प्रदेशका दलित समुदायका ६७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने


२८ वैशाख, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले कर्णाली प्रदेशका विकट हिमाली जिल्लाका दलित समुदायका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

समाजले हुम्ला, जुम्ला, कालीकोट र मुगुका विपन्न दलित समुदायका ६७ बालिकालाई छात्रवृत्ति प्रदान गर्ने भएको हो । २०८० सालबाट प्रदान गरिने तीन वर्षे छात्रवृत्ति अभियान काक्रममा ६ कक्षामा अध्ययनरत ६७ बालिकालाई हरेक वर्ष १२ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिने छ ।

छोरी पढाऔः गरिमा बढाऔँ भन्ने आह्वानसहित शान्ति समाजले २०७८ सालबाट यो छात्रवृत्ति अभियान आरम्भ गरेको हो । पाँच वर्षे बालिका छात्रवृत्ति अभियानको पहिलो चरणमा मोरङ जिल्लाको दुई वटा गाउँपालिकाका ३७ जना विपन्न दलित समुदायका बालिकालाई हरेक वर्ष १२ हजार रुपैयाँको दरले छात्रवृत्ति प्रदान गर्दै आएको छ । यससंगै शान्ति समाजले हरेक वर्ष बालिकाहरुलाई प्रदान गर्ने छात्रवृत्ति संख्या १०४ पुगेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार १२:४१