११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

ल्याउनुस् त्यो मुटु (स्वतन्त्र गजल)


–सुदामा कृष्ण 

ल्याउनुस् त्यो मुटु म सोधेर राख्छु
प्रेम फुलाउने बिरुवा रोपेर राख्छु !

हजुर त भन्नुथ्यो अँ सस्तो छ मायाँ
खोइ कति पर्छ सबै जोखेर राख्छु

भक्कानिएर एक्लै रुनु र्पयो भने
पठाउनुस् नयनहरु रोकेर राख्छु!

अनगिन्ती छ्न् घाउ यो छातिभित्र
दिनुस् पीर हजुरका सँगालेर राख्छु

धमिलो र मैलो होला सहर हजुरको
छोड्नुस् मेरो जिम्मा पोतेर राख्छु

प्रकाशित मिति : २९ फाल्गुन २०७४, मंगलवार १३:११