१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

१३ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईंकाे आयो त ?


२६ वैशाख, काठमाडाैं । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीहरुको डिम्याट खातामा बोनस सेयर जम्मा गर्न सुरु गरेको छ । बैंकको पुस २२ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित भएको १३ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराई  सेयरधनीहरुको सम्बन्धित खातामा पठाउन सुरु गरेको हो ।

पुस ८ गतेसम्म कायम रहेका सेयरधनीहरुले सेयर अभौतिकीकरण गराएका सेयरधनीको हितग्राही खातामा बोनस सेयर जम्मा भएको छ भने त्यो मिती पछि सेयर अभौतिकरण गराएका सेयरधनीको हकमा पनि क्रमश सेयर जम्मा हुने कम्पनीले जनाएकाे छ ।  साथै उक्त बोनस सेयरमा लाग्ने कर बैंकको खाता रहेको लाजिम्पाट शाखा खाता नं. ०४०००१०१०१३८९३०००००१ मा ‘एनआइबिएल एस क्यापिटल–जीबीबीएल बोनस ट्याक्स २०७७/ २०७८’ नाममा जम्मा गर्नुपर्नेछ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलवार ११:३९