१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज, कुन- कुन परे (सूचीसहित)


१४ वैशाख, काठमाडाैं । विभिन्न ३३ निर्माण व्यवसायीकाे इजाजतपत्र खारेज भएकाे छ । सरकारले नविकरण गर्ने ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरेको हाे । भौतिक पूर्वाधान तथा यातायात मन्त्रालयले बिहीवार सुचना सार्वजनिक गर्दै नविकरण नगर्ने निर्माण व्यवसायीको इजातपत्र खारेज गरेको हो ।

निर्माण व्यवसायी ऐन ०५५ को दफा ५ को उपदफा ३ अनुसार उक्त कम्पनीले आर्थिक वर्ष २०७९/८० को चैत मासन्तसम्म इजाजतपत्र अनिवार्य रुपमा नविकरण गर्नुपर्छ । तर, उनीहरुले निर्धारित समयभित्र इजाजतपत्र नविकरण नगरेपछि मन्त्रालयले निर्माण व्यवसायी ऐन ०५५ को दफा ७ को उपदफा ३ बमोजिम इजाजतपत्र खारेज गर्ने निर्णय गरेको हो । इजाजतपत्र खारेजपछि उनीहरुले अब निर्माणसँग सम्वन्धित कुनै काम गर्न सक्ने छैनन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १०:१५