७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

राष्ट्रवादी केन्द्र नेपालद्वारा पुनः आन्दोलनको घोषणा


४ वैशाख, काठमाडौं । राष्ट्रवादी केन्द्र नेपालले वैशाख ११ गतेदेखि पुनः आन्दोलन गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालका अध्यक्ष चन्द्र बहादुर थापाले यही वैशाख १० गते भित्र आफुहरुको माग सम्बोधन नभए शान्तिपूर्ण आम हड्ताल तथा ‘भद्र अवज्ञा आन्दोलन’ गर्न लागिएको बताए ।

‘वैशाख १० गते भित्र तल उल्लेखित मागहरू सरकारले पुरा नगरे वैशाख ११ गतेदेखि यो लुटतान्त्रिक व्यवस्थाको विषयमा शान्तिपूर्ण आम हड्ताल “भद्र अवज्ञा आन्दोलन’’ मा उत्रिन बाध्य हुनेछौं । ’

गएको २०७९ साल असोज ७ गते उद्योगी व्यवसायी र नेपाली जनताका समस्या समाधान गर्न ध्यानाकर्षण गराउदा पनि सरकार गम्भिर नभएकोले फेरी आन्दोलनलाई निरन्तरता दिन लागिएको उनले बताए । वित्तिय अराजकतालाई नियन्त्रण गर्दै जनताको वचत रक्षाका लागि ध्यानकर्षण्सहित दबाब मुलक कार्यक्रम गर्न लागिएको उनीहरुको दाबी छ ।

सरकारले ५०० र १००० का नोट बन्द गर्नु पर्ने, महंगी नियन्त्रण गर्नुपर्ने, निशुल्क शिक्षा, स्वास्थ्य पेत्याभूलत हुनुपर्ने उनीहरुको माग छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार १६:२३