६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

पूर्व परराष्ट्रमन्त्री पौडेलको प्रश्नः राष्ट्रिय गौरवका परियोजनाहरु कसका लागि बनेका ?


४ वैशाख, काठमाडौं । पूर्व परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले,राष्ट्रिय गौरवका परियोजनाहरु नेपालको आवश्यकताले बनेका की ?नाताको आवश्यकताले बनेका? भन्दै प्रश्न गरेकी छन् ।

सोमबार राष्ट्रियसभा बैठकमा पेश गरिएको राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्याङ्कन प्रतिवेदन २०७९ माथिको छलफलमा भाग लिँदैं उनले, आवश्यकतालाई मध्यनजर गर्दै राष्ट्रिय गौरवका आयोजनाहरूको काम छिटो सम्पन्न हुने गरी नीतिगत निर्णय गर्नसरकारसँग माग समेत गरेकी छन् ।

उनले भनिन् ‘परियोजना नेपालको आवश्यकताले बनेका छन् की ?नाताको आवश्यकताले बनेका छन् ? नेपाल कै लागि बनेका परियोजनाको लागि ठेकेदारहरु छान्छौं तर ती कोही घरपट्टीका कोही ससुरा कोही ज्वाई पर्छन् । ’

उनले कार्यन्वयन गर्ने र निर्देशन दिनेहरुको समेत कार्य क्षमता छानविन हुनु पर्ने बताइन् । कुर्सिमा जो बसिरहेका छन् उनीहरुको कार्य मुल्यांकन हुन्छ कि हुँदैन्? उनको प्रश्न छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार १५:०४