८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

स्थानीय तह र प्रदेशले सरकारको अनुभुती गर्न पाएनः खेमलाल देवकोटा


४ वैशाख, काठमाडौं । राष्ट्रियसभा सदस्यतथा संघीयता विज्ञ डा.खेमलाल देवकोटाले स्थानीय तह र प्रदेशले सरकार छ भन्ने अनुभुति गर्न नपाएको टिप्पणी गरेका छन् ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले अहिलेसम्म सरकारले प्रहरी समायोजन गर्न नसक्नुमा सरकारी नियत मै खोट दखिएको बताए ।

‘अहिले पनि स्थानीय तह र प्रदेशले सरकारको अनुभुति गर्न पाएको छैन । संविधानले निश्चित रुपमा स्थानीयलाई पनि सरकार भन्छ । प्रदेशलाई पनि सरकार भन्छ । तर सरकारको अनुभुति केन्द्रीकृत सोच र मानसिकता केन्द्रीय तहमा छ । नेपाल सरकारमा मैले त्यो पाएको छु । अहिलेसम्म प्रदेशको एकल अधिकार प्रहरीको शान्ति सुरक्षा समायोजन गर्न सकेका छैनौं । मैले सरकारको नियतमा खोट देखेको छु । ’
वर्तमान सरकारले नीतिनियम अनुसार काम नगरेको उनको आरोप छ । उनले सरकार केन्द्रिकृत सोच भन्दामाथि उठ्न नसकेको बताए ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार १४:४९