७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

अहँ मैले पुरस्कार तक्मा पाउन हुन्न


-सृजना तिवारी

अहँ मैले पुरस्कार तक्मा पाउन हुन्न,

किनकी म कुनै दलको झोले होईन,

मेरो दल छैन, छु त केवल

सरकारको नीति कार्यक्रम प्रति प्रतिबद्ध छु !!!!

 

अहँ मैले पुरस्कार तक्मा पाउन हुन्न

किनकी म विधि,पद्धतिअनुसार काम गर्छु

गलत कामको बिरूद्ध आवाज उठाउँछु

गर्न हुने र नहुने काम छुट्याउन सक्छु !!!!

 

अहँ मैले पुरस्कार तक्मा पाउन हुन्न,

किनकी जनता भित्र म आफूलाई पाउँछु

उनीहरूको दुःखमा आफूलाई समाहित गर्छु

सैवा नै परम धर्मलाई पालना गर्छु !!!!

 

अहँ मैले पुरस्कार तक्मा पाउन हुन्न

किनकी म आफ्नो जिम्मेवारी र कर्तव्य पथमा

अडिग छु,ईमान्दारपूर्वक काम गर्छु

राज्यले न्याय गरोस वा अन्याय म जड छु!!!!

 

अहॅ मैले पुरस्कार तक्मा पाउन हुन्न

किनकी राष्ट्रभक्ति मेरो रगतको थोपा थोपामा दौडिरहेको छ

स्वार्थको लागि आत्मालाई म बेच्न सक्दिन

बरू म आफू मेटिन्छु यही मैरो कमजोरी छ !!!!

त्यसैले मैले पुरस्कार तक्मा पाउन हुन्न अहँ हुन्न,हुदै हुन्न !!!

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार ०७:००