१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

संसदमा हाजिर गरेर टाप कस्ने सांसदहरुको संख्या बढ्योः सांसद हरि ढकाल


वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सदनमा हाजिर गरेर घर जाने प्रवृत्ति बढ्दै गएको बताएका छन् ।आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले बिहान हाजिरमा १६२ जना भएपनि बेलुका ६१ जना मात्र भएको भन्दै बैठक सकिएपछि पनि हाजिर गर्नुपर्ने व्यवस्था गर्न माग गरेका छन् ।

उनले आफूले बैठक सकिएपछि मात्र हाजिर गर्ने घोषणा गर्दै सदन जस्तो स्थानमा पनि यस्तो हुने हो भने यसले जनता र समाजमा नकारात्मक प्रभाव पर्ने बताए । उनले भने ‘ संसदको एउटा बैठक सञ्चालन गर्न लाखौं रुपैयाँ खर्च हुन्छ, यहाँ नीति बसाल्ने बहसहरु चल्छ ।बैठकमा बिहान हाजिर गर्नेको संख्या १६२ जना हुनुहुन्थ्याे भने बेलुका जम्मा ६१ जना मात्र, गजब लाग्यो । यसलाई चलन चल्तीको भाषामा हाजिर गरेर टाप कस्ने भनिन्छ । यसलाई हाटा भन्दो रहेछ सदनमा यस्तो नचले हुन्थ्यो भन्ने मेरो आग्रह । सदनमा पनि यस्तो भयो भने यसले समाजमा कस्तो सन्देश जान्छ होला हामीले फेरि लोकतन्त्र, संसदीय गरिमा, मर्यादाका भाषणहरु यहाँबाट निस्किएर बाहिर गएर गर्दा के सन्देश जान्छ ।’

सांसद ढकालले विधेयक पेश गर्ने समयमा सदनमा२ पटकसम्म पनि गणककोसंख्यानपुगेरसमस्याहरु देखिएको हुनाले यस्तो प्रवृत्तिलाई हटाउनु पर्ने बताए ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार १४:३४