१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सेतीको खोँचमा अड्किएकी बालिकाको सशस्त्र प्रहरीद्धारा उद्धार


२ वैशाख, कास्की । कास्की जिल्लाको पोखरा महानगरपालिका १५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा रहेको भासिएको प्वालमा खसी अड्कीएकी एक जना बालीकालाइ सशस्त्र प्रहरीले बैशाख २ गते अन्दाजी २०० मिटर गहिराईबाट निकालेको छ ।

सोही महानगरपालिका ८ नागढुंगा बस्ने १२ बर्षकी स्मृति पराजुली खेल खेल्ने क्रमममा उक्त प्वालमा खसेकी भन्ने बताईएको छ । सो बारे जानकारी पाए लगलै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गण कास्कीबाट खटिएकोे गोताखोरसहितको टोलीले उनलाई निकालेको हो । उद्धार गरी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा अस्पताल पु¥याएलगत्तै डाक्टरले मृत घोषित गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार २०:४४