
३ वैशाख, काठमाडाैँ । उर्जा व्यवसायी प्रकाश दुलाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ९ प्रश्न गरेका छन । गत चुनावमा समानुपातिक निर्वाचन प्रणालीका लागि घण्टीमा मत दिएको जानकारी गराउँदै उनले लामिछानेमाथिको प्रश्नमा उनका भक्तहरूले बिरोध ठान्ने भन्दै ९ प्रश्न गरेका छन ।
उनले भनेका छन, ‘नेपाली समाज लाेकतान्त्रिक चरित्रकाे थिएन र अझैसम्म पनि छैन । यहाँ स्वच्छ आलोचना भन्दा तुच्छ विरोध र आलोचनात्मक समर्थन भन्दा भक्ती गायन बढि मन पराईन्छ । मैले मंसिरको चुनावमा परिवर्तनको पक्षमा समानुपातिक १ मत घण्टीमा दिएर परिवर्तनको घण्टी बजाउन भन्दा स्वतन्त्र पार्टीको समर्थक जस्तै देखिएँ । तर अहिले रबि लामिछाने समक्ष केही प्रश्नहरु छन् तर यि प्रश्नलाई उनका समर्थक विरोध ठान्छन् ।’
यस्ता छन दुलालका ९ प्रश्न
१. गृहमन्त्रीको भागबन्डा पाएपछि एमाले- माओवादी गठबन्धन निर्माणमा महत्त्वपूर्ण भुमिका खेल्ने तर सार्वाेचकाे फैसला सांसद नभएकोले आफ्नोे मन्त्रीपद खुस्केपछि फेरि सांसद नभएको व्यक्तिलाई गृहमन्त्री बनाउन किन लविङ गरेको ?
२. आफुले पुनः गृहमन्त्री नपाउने भएपछि सरकारलाई दिएको समर्थन कायमै राखेर सरकारबाट किन बाहिरीएकाे ?
३. जान्नेलाई छान्ने नाराका साथ उदाएको पार्टीका अध्यक्षकाे नागरिकता नै अवैध भएको कुरा किन नजानेकाे ?
४. राष्ट्रपती चुनावमा काङ्ग्रेस- माओवादी गठबन्धनमा किन भाेट हालेको ?
५. काङ्ग्रेस, एमाले र माअेवादीलाई no not again भन्दै भाेट लिएर गृहमन्त्री पदको लागि again and again केपी, प्रचण्ड र देउवाको दैलाे किन चारेकाे ?
६. पासपोर्ट दुरुपयोगमा सर्वाेच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा रवि लामिछाने पुनः किन आफै उमेदवार बनेकाे ?
७. पासपोर्ट दुरुपयोग काण्डमा सर्वोच्चले दाेषी ठहर्याए कतिपटक चितवनमा चुनाव गर्ने ?
८. हिजोको माओवादी जस्तैः आफ्नो आलोचना नसुन्ने तर अरुलाई तथानाम गालीगर्ने सँस्कृतीकाे विकासले देश कता जान्छ ?
९. तिम्रो लाेकतन्त्रमा प्रश्नगर्न पाईन्छ तर हाम्रो रबि तन्त्रमा प्रश्नगर्न पाईन्न भन्ने पार्टी प्रणाली र समर्थक विकास गरेर कस्तो समाज बनाउन लागेको ?
प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार ०८:०४